भेट्टाएको तीन लाख फिर्ता

नुवाकोट- विदुर नगरपालिका–९ का सरोज श्रेष्ठले भेट्टाएको रु तीन लाख सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् । विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको रु तीन लाख सात सय ५० सहितको कागजात नुवाकोट प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।
झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नं को गाडीको बिलबुक र अन्य कागजात श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा बुझाएसगैँ सम्बन्धित धनी खोजी गरेर हस्तान्तरण गरेको जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए ।

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया