बाराक ओबामाले जिते एम्मी अवार्ड

काठमाडौँ - फिल्म, डकुमेन्ट्री तथा टेलिभिजनका कलाकार तथा प्राविधिकलाई प्रदान गरिने एम्मी अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले जितेका छन् । उनले शनिबार सम्पन्न समारोहमा नेटफ्लिक्सको सिरिजका लागि गरेको भ्वाइस ओभरका लागि एम्मी जितेका हुन् ।
बाराक ओबामाकै निर्माण कम्पनी ‘हाइअर ग्राउन्ड’ले निर्माण गरेको डकुमेन्ट्री ‘आवर ग्रेट नेसनल पार्क’मा गरेको भ्वाइस ओभरका लागि ओबामालाई उत्कृष्ट ठहराइएको हो ।
यसरी एम्मी जित्ने ओबामा दोस्रो राष्ट्रपति हुन् । यसअघि सन् १९५६ मा ड्वाइट डी इसनआवरले यो एम्मी जितेका थिए । बाराक ओबामाले भने यसअघि पनि एम्मी घर लग्ने मौका पाइसकेका छन् । आफ्नै आत्मकथा ‘अडासिटी अफ होप’लाई अडियो बुकमा रुपान्तरण गर्दा आफ्नो आवाज दिएका थिए । उनले उसबेला दिएको आवाजले पनि एम्मी जितेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया