‘झिँगेदाउ'को जेष्ठ नागरिक अफर

शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’लाई अब जेष्ठ नागरिकले सित्तैमा हेर्न पाउने भएका छन् । राजधानीका बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन् ।
आमा-सन्तानबीचको भावनात्मक कथा भनेका कारण बिएसआर मुभिजले ६५ वर्ष माथिका जेष्ठ आमाहरुको लागि सित्तैमा सिनेमा देखाउने घोषणा गरेको हो । निर्माण पक्षले दिएको जानकारी अनुसार अष्टनारायण पिक्चर्स र शुभकामना हलले प्रदर्शन अवधिसम्म जेष्ठ आमा(बुबा दुवैलाई सित्तैमा सिनेमा देखाउने छन् ।
शुक्रबार औसत व्यापार गरेको ‘झिँगेदाउ’ले शनिबारबाट रफ्तार समातेको थियो । शनिबार अधिकांस हल हाउसफुल भएका थिए । आइतबारदेखि पनि सिनेमाको ट्रेन्ड राम्रो छ । बलियो ‘वर्ड अफ माउथ’ले सिनेमा लामो रेसको घोडा बन्ने संकेत देखिएको छ ।
सिनेमालाई दर्शकको राम्रो साथ् र प्रतिक्रिया मिलेपछि निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछिको कमब्याक सफल भएको महशुस गरेका छन् । यस्तै अभिनेत्री केकी अधिकारीले वर्षौंपछि हलमा परिवारसहित दर्शक फर्किदा खुसि मिलेको बताइन । दर्शक प्रतिक्रिया राम्रो मिलेका कारण आगामी दिनमा पनि सिनेमाले राम्रो व्यापारको शिलशिलालाई कायम राख्ने आशा व्यक्त गरिन ।
अभिनेत्री आँचल शर्माले दर्शक प्रतिक्रिया र उपस्थितिले उत्साह मिलेको बताइन । दर्शक प्रतिक्रिया बुझ्न आँचल सोमबार चितवन पुगेकी छन् । उनले त्यहाँ दर्शकसंग साक्षात्कार गर्ने छिन् ।
आमा र छोरा-बुहारीहरुको कथा भन्ने सिनेमामा केकी र आँचलसंगै मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।
सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे ९कल्पित०को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ । सिनेमा कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया