म्याक्सवेलको अर्धशतकमा बेंग्लोरको दोस्रो जित

काठमाडौँ : ग्लेन म्याक्सवेलले अर्धशतक बनाएपछि आइपीएल क्रिकेटमा बेंग्लोरले दोस्रो जित निकालेको छ । बुधबार राती भएको खेलमा बेंग्लोरले हैदरावादलाई ६ रनले हराएको हो ।
चेन्नेईमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका लागि म्याक्सवेलले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३३ रन बनाए ।
१५० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको हैदरावादले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान डेभिड वार्नरले ५४ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् ।
यस्तै मनिष पाण्डेले ३८ रन बनाए । बेंग्लोरका शहबाज अहमदले तीन, मोहम्मद सिरजले दुई र हर्षल पटेलले दुई विकेट लिए । जितसँगै बेंग्लोर दुई खेलबाट शतप्रतिशत जितसहित ४ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । हैदरावाद दुवै खेलमा पराजित छ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया