शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप २ सय २१ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप २ सय २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय १९ पिसिआर परीक्षणका क्रममा १ सय २२ जना र २ हजार ५ सय ३९ एन्टीजेन परीक्षणका क्रममा ९९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २ सय ६ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।