सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुन्छ: प्रचण्ड

कैलाली - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताए । उनले भने, `सिट बाँडफाँटमा समस्या हुँदैन ।` `नेपाली कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ सिट दाबी गरेको छ` उनले भने,`दाबी अनुसार कांग्रेस केही तल झर्ने सम्भावना रहेको छ र माओवादी ६०, समाजवादीले २५ सिट र जनता समाजवादीले २५ सिटको वरिपरी दाबी गरिरहेको छ ।`
सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ । निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलुकलाई नयाँ गतिमा अघि बढाउने उनले बताए । संसद् लम्ब्याउने कुरा पनि आइरहेको छ, भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भने ‘संसद् लम्ब्याउन हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ, अस्ति हामीले गठबन्धनको बैठकमा नै एक दिन पनि यताउता गर्न हुँदैन र मङ्सिर ४ मा नै निर्वाचन हुन्छ, मनोनयनपछि संसद् नरहने हामीले भनी सकेका छौँ ।
एक फरक प्रसङ्गमा उनले आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नं ३ बाटै उठ्ने स्पष्ट पारे । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया