‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ पारित

काठमाडौँ- प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको व्यवस्थालाई हटाएर ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकले बहुमतले उक्त विधेयकलाई पारित गरेको हो । विधेयकमा रहेको कार्यकालसम्बन्धी प्रस्तावमा सांसदहरूले विरोध गर्दै संशोधन प्रस्ताव हालेका थिए । त्यसमा कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले संशोधन प्रस्ताव स्वीकार गरेका थिए ।
त्यसअघि बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताए । उनले कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानुनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको धारणा राखे । उनले सरकारले पवित्र उद्देश्यका साथ विधेयक ल्याएको भए पनि फरक बुझाई रहेका कारण यसलाई अघि संसदको कार्यकालको विषयलाई थप अघि नबढाउन प्रधानमन्त्रीबाटै निर्देशन प्राप्त भएको जानकारी दिए ।
उनले संसद्को कार्यकालका विषयमा उल्लेख दफाहरूलाई हटाउने प्रस्तावलाई सरकारले स्वीकार गरेको पनि बताए ।
प्रतिनिधि सभाको अर्को बैठक यही भदौ २२ गते बुधबार १ बजे बस्नेछ ।

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

प्रतिक्रिया