एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद छैन : पाण्डे

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनै पनि स्थानमा विवाद भएको सूचना नपाएको बताए । उनले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भएतापनि यो पटक तीन जनाभन्दा बढीले इच्छा व्यक्त गरेपनि सिफारिस भइरहेको जिकिर गरे । उनले यसरी तीन जनाभन्दा बढी नाम सिफारिस भएर आएपनि सबैभन्दा बढी सम्भावित उम्मेदवार भनेर प्रदेश कमिटीको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताए ।
उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने उल्लेख गरे ।
उनले देशभर शीर्ष नेताहरूको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे । उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरूले सोच्नु नहुने बताए ।
पाण्डेले पार्टीको सचिवालयले फाइनल गरेपछि मात्रै उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया