चन्द नेतृत्वको नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा

बुटवल : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले कपिलवस्तुमा पार्टीको केन्द्रीय कार्यालय निर्माण थालेको छ । पार्टीका महासचिव चन्दकै गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको कार्यालय बनाउने भन्दै भवनको शिलान्यास गरिएको छ ।
अहिलेलाई सम्पर्क कार्यालयपछि त्यसैलाई पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको उक्त भवनको नेकपाका महासचिव चन्दले बुधबार शिलान्यास गरेका छन् । सरकारसँग २१ फागुनमा तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपाले अहिलेसम्म काठमाडौँमा भने औपचारिक कार्यालय खोलेको छैन् ।
करिब एक करोड लागत अनुमान गरिएको उक्त पार्टी कार्यालयसँगै एउटा सभाहलसमेत निर्माण गर्ने योजना रहेको पार्टीले जनाएको छ । उक्त भवन निर्माणको जिम्मेवारी पाएका पार्टी केन्द्रीय सदस्य सञ्जीवकुमारका अनुसार आगामी असारभन्दा अगाडि नै योजना सम्पन्न गर्ने गरी काम सुरु भइसकेको छ । पार्टी कार्यालयको भवन चार कोठाको पाँचतले हुनेछ भने दुई तले सभाहल भवनमा करिब तीन सयभन्दा बढी अटाउने छन् ।
करिब पाँच रोपनीभन्दा बढी क्षेत्रफल रहेको उक्त जग्गामा सो पार्टीले सहिद स्मृति पार्कसमेत निर्माण गर्ने बताएको छ । संरचना निर्माण गर्न लागेको उक्त जग्गा पार्टीको आफ्नै सम्पत्ति भएको नेकपाको दाबी छ । भवन निर्माणका लागि पार्टीसँग भएको रकमका साथै उद्योगी, व्यापारी र जनतासँग सहयोग माग्ने सो पार्टीका एक नेताले बताए ।
साथै, भवन निर्माण कार्यमा पार्टीका नेता-कार्यकर्ताले श्रमदान गर्नेछन् । भवनको शिलान्यासका क्रममा पार्टी महासचिव चन्दले यस्ता भवनहरु देशैभरी निमार्ण हुने बताए । उनले जनताको सहयोगमा यस्ता भवन निमार्णमा जोड दिने पनि बताएका छन् ।
शिवगढि क्षेत्रमै चन्दको अहिले पनि घर रहेको छ । जहाँ उनका परिवारका सदस्यहरु बसोबास गर्दै आएका छन् । भवन निमार्ण लगायतका विषयमा सो पार्टीका कार्यकर्ताहरू भने खुलेर बोल्दैनन् ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया