विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

सिमकोट- हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ । जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो ।
उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । यहाँ एक सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीमा दिनहुँ ज्वरो आउने, वान्ता आउने, टाउको दुख्ने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, एक्कासी ढल्ने, रुने, कराउने जस्ता लक्षण देखापरेपछि विद्यालय व्यवस्थापन समितिको आपतकालीन बैठकले विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक कालीबहादुर रावलले जानकारी दिए ।
विद्यार्थी के-कति कारणले बिरामी परेका भन्ने कुरा थाहा हुन नसकेको रावलको भनाइ छ ।

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

प्रतिक्रिया