निर्वाचनमा राप्रपालाई असफल हुने छुट छैन : राजेन्द्र लिङ्देन

काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिँदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताए ।
`देशले परिवर्तन खोजिरहेको छ । राप्रपा परिवर्तनको वाहक शक्तिको रूपमा उदाइरहेको छ । तर निर्वाचनमा हाम्रो प्रभावकारी भूमिका भएन भने वैकल्पिक राजनीतिको धार कमजोर हुन पुग्छ । जुन केवल पार्टीको लागि मात्रै होइन देशकै लागि ठूलो क्षति हुनेछ,` अध्यक्ष लिङ्देनले भने ।
लिङ्देनले योग्यता, क्षमताका आधारमा नेता, कार्यकर्ताको मूल्यांकन हुने बताउँदै महाधिवेशनमा मत दिएको वा नदिएको आधारमा कसैलाई काखा र पाखा नहुने भन्दै आश्वस्त तुल्याएका छन्

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया