दसैं-तिहार र छठलाई लक्षित गर्दै ‘यामाहा फेस्टिभ ह्याट्रिक’ उपहार योजना सार्वजनिक

काठमाडौँ- चाडपर्व होस् वा विशेष अवसर यामाहा नेपालले आफ्ना ग्राहकहरूको उत्साहमा रोमाञ्चकता थप्न केही न केही योजना ल्याइरहेको हुन्छ । नेपालीहरूको महान चाड दसैं-तिहार र छठलाई लक्षित गर्दै, नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले, ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको छ ।
भाद्र २१ बाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार नगद जित्न सक्नेछन् ।
यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् । यसका अतिरिक्त, उक्त योजना अन्तर्गत, अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले जनाएको छ। कम्पनीको अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन्न चाहनेहरूले सिमित केही कागजपत्र देखाइ मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्नेछन् ।
साथै, “चाडपर्वमा ग्राहकवर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ । र आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ।” उत्साहित हुँदै यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताए । छठसम्म लागू हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुनेछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OZdVhes5UJ_klohapahpjwlsnmh5zrvsgoer6t2rgnmztkwvllxglxczpxqgamsocidzxow.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया