हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न लोसापा नेता कर्णको माग

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । \बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन् ।
उनले हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरुको तलब सरकारले तोकेको मापदण्ड भन्दा पनि अतिन्यून भएको उल्लेख गर्दै उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेपाल अतिरिक्त हुलाक सेवामा अहिले पनि कर्मचारीहरुले ७/८ हजार मासिक तलव लिएर काम गरिरहेको स्पष्ट पार्दै नेता कर्णले त्यसको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराए ।
उनले भने, ‘नेपाल अतिरिक्त हुलाक सेवामा अहिले देशभरीमा १० हजार ८५३ कर्मचारी नियुक्त गरिएको छ । । यो कर्मचारीहरुलाई पहाडको विभिन्न रिमोट एरियाहरुदेखि तराईका विभिन्न ठाउँमा यिनीहरुको नियुक्ती भईराखेको रहेछ । वर्षौदेखि काम गरिराखेका छन । यिनीहरुको तलव ७ हजार र ८ हजार रुपैयाँ छ । सम्मानीय सभामुख महोदय, नेपाल सरकारले तय गरेको न्यूनतम तलव जुन हो, त्यो १५ हजार भन्दा कम कसैलाई पनि दिन मिल्दैन । तर सरकारले नै ७÷८ हजार रुपैयाँमा मान्छे नियुक्त गर्छ भने यो श्रम शोषण हो । सरकारले श्रम शोषण गर्न पाउँछ कि पाउँदैन ? यदि सरकारले श्रम शोषण गर्छ भने अरुले श्रम शोषण गरे के कारवाही गर्ने ? यस्तो अवस्था रहेको छ भने यिनीहरु कहिले रिटायर्ड हुने त्यो पनि छैन । बुढो भएको मान्छेलाई पनि काममा लगाईराखिएको छ । उनीलाई पेन्सन दिने व्यवस्था समेत भएको छैन । दूर्भाग्य के छ भने सरकारले अहिले तलव बढायो । करारलाई नबढाउने र स्थायीलाई मात्रै बढाएको रहेछ, कस्तो अचम्म । तलवकैकारण कर्मचारीहरु आन्दोलित छन । यो आन्दोलन निर्वाचनको मुखमा चर्कियोभने निश्चित् रुपमा निर्वाचनको लागि राम्रो हुँदैन । यस्तो विषयमा सम्बन्धित सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयले तुरुन्तै ध्यान दिनु पर्दछ । श्रम शोषण नगरीकन अविलम्व उनीहरुको तलवको व्यवस्था गर्न म सरकारसँग विनम्र निवेदन गर्न चाहन्छु ।’
नेता कर्णले सरकार आफैंले श्रम शोषण गर्ने काम गर्न नहुने पनि पटकपटक दोहार्याए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया