मिडिया काउन्सिल विधेयक विकास समितिमा पठाइयो

काठमाडौँ - प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो। विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले पनि मिडिया काउन्सिल विधेयकको प्रावधानप्रति आपत्ति जनाएको थियो ।
नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडिया काउन्सिल विधेयकमा रहेका विवादास्पद प्रावधान सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए । सोही कारण आजको प्रतिनिधिसभा बैठकले विधेयकलाई फेरि विकास तथा प्रविधि समितिमा पठाएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक २५ भदौ शनिबार दिँउसो १ बजे बस्नेछ।

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

प्रतिक्रिया