सर्पले डसेर सल्यानमा बालिकाको मृत्यु

सल्यान - विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु भएको हो ।
बन्गाड कुपिण्डे नगरपालिका(३ खेतगारा औलबेसी निवासी कन्जरा विककी छोरी सृष्टि विकको मृत्यु भएको हो ।
घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लामा सर्पले डसेको उपचार सम्भव नभएको र बाहिर जानुपर्ने बाध्यताका कारण उनको अकालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया