एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

झापा : पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका-११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ । काठमाडौँको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पुर्याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका-७ बस्ने घिमिरेको मृत्यु भएको हो ।
एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते थिए । दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो । घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको विएण्डसीमै उपचार भइरहेको छ । रासस
सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए

९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

आगलागीमा ६० लाख बराबरको क्षति

ठगी मुद्दाका फरार विक २४ वर्षपछि पक्राउ

प्रतिक्रिया