विकास बोर्डको रिस नेपाली फिल्ममाथि खन्याउँदै वितरक तथा हलवाला

काठमाडौँ - बलिउड फिल्म ‘ब्रम्हास्त्र’ सेन्सर नभएपछि हलवालाले यसको बदला नेपाली फिल्मको सो टाइम ननिकालेर लिइरहेको बुझिएको छ । सेन्सर नगरी बुकिङ खोल्न दिएको आग्रह विकास बोर्डले नटेरेपछि वितरक तथा हलवालाले नेपाली फिल्मको पनि सो टाइम सार्वजनिक नगरेका हुन् ।
विकास बोर्ड अधिकृत गिरिश शर्माका अनुसार ‘ब्रम्हास्त्र’का वितरकले सेन्सर सिफारिसका लागि सम्पूर्ण कागजात नबुझाउँदै बुकिङ खोल्नका लागि अनुमति माग गरेका थिए । तर विकास बोर्डले कागजात पूरा नभई सिफारिस गर्न नमिल्ने बताएपछि फिल्मको बुधबार सेन्सर हुन सकेन । बुधबार यसरी फिल्म सेन्सर नभएपछि वितरक र हलवाला मिलेर नेपाली फिल्मको पनि सो सार्वजनिक गरेका छैनन् ।
नेपाली होस् वा विदेशी ,सबै फिल्मको सेन्सरको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग रहेको छ । चलचित्र विकास बोर्डले प्रक्रियामा आवश्यक रहेका कागजात पूरा भएको देखेपछि बल्ल सेन्सर सिफारिस दिन्छ । बोर्डबाट पाएको सिफारिस लिएर बल्ल वितरक वा निर्माता सञ्चार मन्त्रालयमा सेन्सरको प्रक्रियामा जान्छन् ।
गिरिशका अनुसार ब्रम्हास्त्रका वितरकले पूरा कागजात पेश नगरेपछि सेन्सर सिफारिस रोकिएको हो । बोर्डमा अहिले अपुग कागजात आएको र अध्ययन गरेर सेन्सर सिफारिस दिने वा निर्णय गर्न सकिने उनले बताएका छन् ।
हिजाको दिनमा वितरक तथा हलले सेन्सर नगरी आफूखुसी मुभी कोड जेनरेट गरेर बुकिङ खोल्ने गरेका थिए । तर ‘केजीएफ २’ले विकास बोर्ड वा जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई मध्यरातमा फिल्म देखाएपछि हलले गर्ने गरेको अटेरी सार्वजनिक भएको थियो । मिडियामा यो विषय उठेपछि उससमयका विकास बोर्ड अध्यक्ष दयाराम दाहालले हलमाथि कारबाहीको सिफारिस गरेका थिए । तर अहिलेसम्म ती हललाई न राजस्व कार्यालयले कारबाही गरेको समाचार आएको छ न जिल्ला प्रशासन कार्यालयले ।
बोर्डले पनि त्यस्ता हलउपर कुनै कारबाही अगाडि बढाएको छैन । यही समयदेखि बोर्डले सेन्सरपछि मुभी कोड जेनेरेट गरेर दिएपछि मात्र बुकिङ खोल्नुपर्ने नियम लगाएको छ । यसरी सेन्सर भएर मुभी कोड नहुँदा ‘ब्रम्हास्त्र’को बुकिङ नखुलेको हो र हलवालाले बोर्डलाई चेताउन नेपाली फिल्मको पनि सो समय सार्वजनिक नगरेका हुन् ।
सो टाइम सार्वजनिक नभएपछि ‘ऐना झ्यालको पुतली’का निर्माता भने न्याय माग्दै विकास बोर्ड पुगेका छन् । विकास बोर्डले निवेदन दिन भनेको र आफूहरु विकास बोर्डसँगै चलचित्र निर्माता संघमा पनि उजुरी दिने तयारीमा रहेको निर्मााता आकाश पौडेलले बताएका छन् ।
‘ब्रम्हास्त्र’ आज सेन्सर हुने सम्भावना कम छ । किनकि सेन्सर बोर्ड सदस्य सन्तोषकुमार थापाका अनुसार आज साँझमा सेन्सरका अरु दुई फिल्म तयार छन् र भोलि सार्वजनिक विदा छ । सार्वजनिक विदाका दिन सेन्सरको काम गर्न पाइने नियम छैन । यसो हुँदा ‘ब्रम्हास्त्र’को सेन्सर आइतबार मात्र हुनेछ ।
यसैबीच अर्का वितरकले भारतका हलमा लागेर उत्रन लागेको फिल्म ‘सीतारमण’ रिलिज गर्ने तयारी गरेको छ । बिहीबार साँझ यही फिल्मको सेन्सर हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया