अनमोललाई ७५ लाख अफर गरेको फिल्मले पायो नाम

काठमाडौं : अनमोल केसीलाई ७५ लाख अफर गरेको भनिएको फिल्मले नाम पाएको छ । निर्देशक मुकुन्द भट्टले बिहीबार फिल्मको नाम सार्वजनिक गरेका हुन् । भट्टका अनुसार फिल्मको नाम ‘एक्स ९ लेभल वन’ रहनेछ । पोस्टरमा निर्देशक भट्टले फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रीलर बताएका छन् ।
फिल्ममा चल्तीका धेरै कलाकारको अभिनय रहने बताइएको छ । निर्देशक भट्टले फिल्मका लागि पुष्प खड्का र सौगात मल्ललाई मौखिक रुपमा फिल्म खेल्न मनाइसकेको चर्चा छ । अनमोल केसी पनि फिल्मका लागि सकारात्मक छन् । उनले जन्मदिनको दिन दिएको अन्तर्वार्तामा आएका अफरमध्ये यसका लागि सकारात्मक भएको बताएका थिए ।
यदि अनमोलले यो फिल्ममा काम गर्ने निर्णय गरे भने सौगात र अनमोल पहिलो चोटि पर्दामा आमनेसामने हुनेछन् । फिल्ममा निर्देशक भट्टले सौगातलाई भिलेन र अनमोललाई हिरोको रुपमा प्रस्तुत गर्ने बताएका छन् ।
नेपालसँगै विदेशका केही देशमा सुटिङ हुने फिल्मको बाँकी जानकारी भने सार्वजनिक भएको छैन । मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ तीन पटक प्रदर्शन मिति घोषणा गरेर पनि सरेको छ । अघिल्लो साल मात्र फिल्म दुई चोटि सरेको थियो ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया