आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

आफ्ना सदस्यको मान मर्दन भएको भन्दै हल बन्द गर्ने चलचित्र संघको घोषणा

काठमाडौँ-  हिन्दी फिल्म ‘ब्रम्हास्त्र’को सेन्सर नहुँदा नेपाली फिल्मको सो नै सार्वजनिक नगरेको आरोप खेपिरहेको हल सञ्चालक तथा वितरकको संस्था नेपाल चलचित्र संघले उल्टै आफ्ना सदस्यको मानमदर्न भएको हास्यास्पद कारण देखाउँदै सोमबार हल बन्द गर्ने घोषणा गरेको छ । सोमबार आकस्मिक बैठक बोलाउँदै संघले एक पाने विज्ञप्तिमा बारम्बार सदस्यको मान मर्दनको कुरा उठाउँदै हल बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

संघले विज्ञप्तिमा भनेको छ, ‘विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरू तथा  संघहरूले हाम्रा सदस्यको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोमा आगामी दिनमा कसरी अगाडि बढ्ने सम्बन्धमा छलफल भइरहेका कारण सदस्यले बुकिङ नखोलेका हुन् । हामीमाथि भएका सबै आरोप,वाधा विरोधको विरुद्धमा आन्दोलन जाने चलचित्र संघले निर्णय गरेको छ ।’

संघले सरकारले चलचित्र आयातमा कडाइ गरेको र सेन्सर जस्ता काममा दुःख दिने गरेको पनि आरोप लगाएको छ । यसैगरि संघले आफ्ना सदस्यमाथि अनर्गल आरोप बाधा आरोपहरू जारी रहे थप आन्दोलनका कार्यक्रमको घोषणा गरिने चेतावनी दिएको छ ।