वीरेन्द्रनगरमा बेवारिसे शव फेला

वैशाख : सुर्खेतको वीरेन्द्रनगरमा बिहीवार बिहान बेवारिसे शव भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा बेवारिसे शव फेला परेको हो । चिंगाड गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ को जितेन्द्र चलाउनेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिक–१२ भावरटोलमा घरभाडामा बस्दै आएका चलाउनेलाई बिहान ७ बजे प्रहरीले मृत फेला पारेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । उक्त शवको पोष्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी भएको रायमाझीले बताए ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया