भारतीय मिडियामा ‘ब्रम्हास्त्र’ समीक्षा : बेकामे फिल्म, निराश बनाउँछ

मुम्बई - ९ वर्ष लगाएर बनाइएको भनिएको ‘ब्रम्हास्त्र’ले प्रारम्भिक समीक्षामा समीक्षकबाट कमजोर रेटिङ पाएको छ । इन्डियन एक्सप्रेसकी शुभ्र गुप्ताले भिएफएक्स ‘बाहुबली’को लेभलको भए पनि अमिताभ बच्चन, रनवीर कपुर, आलिया भट्ट, नागार्जुन जस्ता कलाकारको उपस्थितिका बाजजुद फिल्म कमजोर रहेको समीक्षा गरेकी छिन् । उनले फिल्मलाई १.५ रेटिङ दिएकी छिन् ।
यसैगरी समीक्षक तरन आदर्शले फिल्मलाई २ रेटिङ दिँदै ‘ब्रम्हास्त्र’ले ‘किंग साइज’मा निराश बनाएको प्रतिक्रिया दिएका छन् । उनले फिल्म ग्लसी भए पनि आत्मा नभएको बताएका छन् ।
फिल्म कम्पेनियाका राहुल देसाईले पनि फिल्मलाई कमजोर बताएका छन् । उनले फिल्मलाई धेरै इन्जिनियरिङ गरिएको तर गलत निशाना ताकेको सिनमाको रुपमा समीक्षा गरेका छन् ।
उनले त कलाकारको अभिनयदेखि पटकथा र संवादसम्म पनि बेकामे रहेको समीक्षा लेखेका छन् । मिथको संरचनामा धेरै समय खर्चिएको फिल्म कतिबेला पनि फिल्म जस्तो नलाग्ने उनको भनाइ छ ।
केही समीक्षकले भने फिल्मको भिएफएक्सको तारिफ गर्दै फिल्म हलिउडको मार्भललाई जवाफ रहेको समीक्षा लेखेका छन् । तर पटकथा र बाँकी भागमा भने फिल्म कमजोर रहेको उनीहरूको प्रतिक्रिया छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया