सेयर बजारमा अर्को रेकर्ड तोडियो
२० अंकले बढेर नेप्से २७३५ बिन्दुमा, ८ कम्पनीको सेयरमूल्य आकासियो

काठमाडौं : नयाँ वर्षको पहिलो कारोबारमा सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो रेकर्ड तोडेको छ । २०.६७ अंकले बढेर नेप्से परिसूचक २७३५.४६ बिन्दुमा पुगेको छ । नेप्से अहिलेसम्मका सबै रेकर्ड तोडेर ऐतिहासिक बिन्दुमा पुगेको हो ।
ट्रेडिङ र जलविद्युत् समूहबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ । विकास बैंक र फाइनान्स समूहका परिसूचकमा उछाल आएको छ । विकास बैंक समूहको परिसूचक ३.१२ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको परिसूचक २.२२ प्रतिशतले वृद्धि भएको छ । ८ कम्पनीका सेयर मूल्य उच्चदरमा बढेको छ । बेस्ट फाइनान्सको सेयर मूल्यमा त सर्किट ब्रेकर नै लाग्यो । १७ रुपैयाले बढेको यो फाइनान्सको सेयर मूल्य प्रति कित्ता १८७ रुपैयाँ कायम भएको छ ।
एनआइसी लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्यांग्दी हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।
कारोबार रकम ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँ पुगेको छ । ९५ हजार ७३७ पटकको कारोबारमा १ करोड ९० लाख २० हजार ५२८ कित्ता सेयर ककिनबेच भएको छ । यसबीच सबैभन्दा बढी कारोबार एनआइसी लघुवित्तको भएको छ । ४९ करोड ८९ लाख रुपैयाँ बराबर कारोबार भएको यो लघुवित्तको सेयरमूल्य १८६८ रुपैयाँ कायम भएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ४९ करोड ८७ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । निफ्राको सेयर मूल्य ५९५ रुपैयाँ कायम भएको छ ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया