शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप १ सय ५२ जनामा कोभिड संक्रमण, दुईकाे मृत्यु

काठमाडौँ- नेपालमा थप १ सय ५२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परीक्षणका क्रममा १ सय १० जना र २ हजार १ सय ८ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ३३ जना कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८४ हजार ८२ जना काेभिडमुक्त भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ४८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।