धनगढीमा भ्रष्टाचारविरुद्ध निसाना प्रदर्शन

धनगढी- भ्रष्टाचारविरुद्ध कैलालीको धनगढीमा कार्टुनिष्टहरूले निसाना प्रदर्शन गरेका छन् । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा शुक्रबारदेखि दुई दिने प्रदर्शनी सुरू भएको हो ।
नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरूले भ्रष्टाचारविरुद्धको सन्देश दिने ५० वटा कार्टुन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला पडाल जोशीले उद्घाटन गरेकी हुन् ।
उपसभामुख जोशीले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सतर्कता बनाएको बताइन् । कार्टुनमा नेपाली समाजमा देखिएको समस्याहरूलाई व्यङ्ग्यात्मक रूपमा सतर्क रहन बनाएको उनले बताए । उनले कार्टुनबाट प्रस्तुत विषयले दीर्घकालिन रूपमै प्रभाव पार्ने जिकिर गरिन् । कार्टुन, चलचित्र, नाटक लगायतका कलाले समाजलाई सही बाटोमा दोहोर्याउन मद्दत पुर्याउने गरेको उनले बताइन् ।
कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष एवं नेपालका चर्चित कार्टुनिष्ट वासु क्षितिजले संघीयतामा मुलुक गएपछि विकाससँगै भ्रष्टाचार पनि तल्लो तहसम्म पुगेको बताउँदै जनप्रतिनिधि र नागरिकहरूलाई सतर्क बनाउन धनगढीमा निसाना सुरू गरिएको बताए । विकृति–विसंगतीविरुद्ध रङ, रेखा र शब्दमार्फत उनीहरूले भ्रष्टाचारविरुद्ध लाग्न समुदायलाई नै आह्वान गरेका छन् ।
प्रदर्शनीमा सहभागीहरूले निसानाले समाजको यथार्थलाई उत्कृष्ट रूपमा प्रहार गरेको बताएका छन् । उद्घाटन समारोहमा कार्टुनिष्टका सल्लाहकार अविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, वरिष्ठ पत्रकार चित्रांग थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

जुनु गौतमको 'यो माया' गीत सार्वजनिक

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

‘सन अफ सरदारः २’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुखी

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

अवतारः ३ को पोस्टर सार्वजनिक, यसै वर्ष क्रिसमसमा हेर्न पाइने

प्रतिक्रिया