शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप १ सय ६३ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप १ सय ६३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

कोभिडका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ३० सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।