अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नै छैन : इश्वर पोखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका छन् ।
एमाले मोरङ–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पोखरेलले गठबन्धन एमालेको विरोध गर्न मात्रै भएको र यसको कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका हुन् ।
उनले आगामी निर्वाचनमा गठबन्धनको सबै षडयन्त्रलाई चिर्दै एमालेले बहुमत ल्याउने दाबी पनि गरे । अहिलेको तथ्यले प्रतिनिधि र प्रदेश सभामा बहुमत ल्याउने देखिएको उनको भनाइ छ ।
त्यस्तै पोखरेलले अहिले आवश्यकता अनुसार केही स्थानमा केही दलहरूसँग चुनावी तालमेल हुन सक्ने तर गठबन्धन नै बनाएर अघि नबढ्ने धारणा राखे । पोखरेलले नेपालको स्वाभिमानमाथि कसैले गलत नजर लगाउन नसक्ने कुरा एमालेले नै स्थापित गरेको जिकिर गरे ।
पोखरेलले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन लगाएका विषयमा देखिएको कमीकमजोरीलाई यसपटक एमालेले सुधार गरेर लैजाने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया