भुजुङमा गाउँको नीतिनियम बनाउन भदौ सभा

लमजुङ- लमजुङको पर्यटकीय गाउँ भुजुङमा भदौ सभा सम्पन्न भएको छ । क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ भुजुङ गाउँमा हरेक वर्ष भदौ सभा हुने गरेको छ । भदौको अन्तिम साता भदौ सभा गर्ने गरिएको र सभाबाट नयाँ ऐन कानुन बनाउने गरिएको स्थानीयले बताएका छन्।
भदौ सभामा जनप्रतिनिधिलाई पनि सहभागी गराइएको छ । यो सभा समापन गर्न पहिले १ सातासम्म लाग्थ्यो । अहिले ३ दिनसम्म भदौमा सभा सञ्चालन हुने गरेको छ । लालीगुराँस युवा क्लबका अध्यक्ष नौराज गुरुङका अनुसार भदौ सभाले गाउँमा कायम रहेको श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने गरिएको छ ।
समाजमा चोरी/डकैती गर्नेलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गरिन्छ । सभाले गाउँमा उत्पादित धान, मकै, कोदो लगायत खाद्यान्न बालीको मानापाथीको भाउ, कामदारको दैनिक ज्याला मूल्य निर्धारण गर्ने गर्छ ।
भदौ सभा १ देखि ४ दिनसम्म सञ्चालन हुँदै आएको छ । गाउँका १ देखि ९ वटा टोलका घरमूली सभामा आउँछन्। गतवर्ष पारित गरेको नियम पालना गरे नगरेको कसम खाने गरिन्छ । नियमविपरीत गरेकालाई जरिवाना हुन्छ ।
रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरूपता ल्याउन र गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौ सभा गर्ने गरिएको बताए ।
भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र हरेक वर्ष परिमार्जन गर्दै लाने गरेका छन्। उनका अनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौ सभा भन्ने गरिएको हो।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

प्रतिक्रिया