पोखरा उद्योग वाणिज्य संघको मतदान सकियो, गणना भोलि

पोखरा- पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।
शनिबार भएको मतदानमा ८१ प्रतिशत मत खसेको निर्वाचन संयोजक तथा संघका पूर्वअध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । कूल ३ हजार १ सय ४३ मतदाता रहेको संघमा शनिबार भएको मतदानमा २ हजार ५ सय ४९ मत खसेको हो । शनिबार बिहान ८ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो ।
निर्वाचन संयोजक श्रेष्ठका अनुसार आइतबारदेखि मतगणना सुरू हुनेछ । बिहान ८ बजेदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा मत गन्न सुरू गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।
संघको नेतृत्व लिन पवन प्रजापति र अर्जुन पोखरेलको प्यानल चुनावी प्रतिष्पर्धामा छन् । प्यानलबाहेक संघको पदाधिकारीमा बसेर काम गर्नका लागि स्वतन्त्र रूपमा उम्मेदवारहरू पनि छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा वाणिज्य उपाध्यक्षमा सोभित पौडेल, महासचिवमा तारानाथ ढुंगाना चुनावी मैदानमा छन् ।
२०११ सालमा स्थापना भएको संघमा हाल २९ सदस्यीय कार्यसमितिमा रहने व्यवस्था छ । अध्यक्षसहित ७ जना पदाधिकारी, सदस्य (खुला) १०, वस्तुगतमा ४, कर्पोरेटमा २ र उद्योग १ गरी २५ सदस्य निर्वाचित हुनेछ । अध्यक्षले ४ जना सदस्य मनोनयन गर्ने अधिकार छ ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया