गण्डकीको विकासको लागि पुनः मुख्यमन्त्री बन्छु : गुरुङ

लमजुङ - गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताएका छन् । शान्तिटोल तमु आमा तथा बाबा समूह बेसीशहर ७ मा निर्मित भवनको शनिबार उद्घाटन गर्दै गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने बताएका हुन् ।
अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी गरे । संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन, उनले भने।
संघीयताका कारण गाउँगाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उनले बताए । नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गरे ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया