श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार बस्दैन : श्रममन्त्री

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धारमा सरकार लागिपरेको बताएका छन् ।
आइतबार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि सरकार लागिपरिरहेको बताएका हुन् । उनले समस्यामा परेका श्रमिकहरूको अवस्थाका सम्बन्धमा नेपालका राजदूतसँग छलफल गर्ने र सम्बन्धित देशका राजदूतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने जिकिर गरे ।
आवश्यकताअनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने उनकाे भनाइ छ । मन्त्री कुँवरले विदेशिएका श्रमिकहरूबाट नै देश चलिरहेको भन्दै श्रमिकहरू हेपिएको, चेपिएको विषयलाई गम्भीर ढंगले कुरा उठाउनुपर्ने बताए । उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पारे ।
मन्त्री कुँवरले विदेशी कम्पनीहरूले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकारसँग कुरा गर्ने बताए । उनले गलत काम गरेका मेनपावरहरूलाई कारबाही गरिने पनि आश्वासन दिए ।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

असोजमा ५३ हजार बढी नेपाली विदेशिए
जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

प्रतिक्रिया