संगीतकार बने विश्वप्रकाश, उनको संगीतमा छोरी स्वीकृतिको गायन

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले थुप्रै कभर गीत गाएको त हामी धेरैले देखेकै हो । उनले अरुले गाएका थुप्र्र गीत कभर गरेका छन् । तर, कांग्रेसको युवा पुस्ताका नेता शर्माको सांगीतिक ज्ञान यतिमै सिमित छैन । उनले संगीत सिर्जना पनि गर्ने गरेका छन् । यसको पछिल्लो कडी बनेर आएको छ, ‘मिसले सोध्नु भो ।’
विद्यार्थीलाई शिक्षकको महत्व बुझाउने यो गीतलाई शर्मा स्वयंले संगीत गरेका छन् भने यसमा स्वर भरेकी छिन् शर्माकी छोरी स्वीकृति शर्माले । भिडियोमा स्वीकृतिले अभिनय पनि गरेकी छिन् । गीतले बाबुआमा र शिक्षा दिने गुरुलाई भगवानको रुपमा चित्रित गर्दै सबैलाई सम्मान गर्नुपर्ने सन्देश दिएको छ ।
उपत्यकाको केही विद्यालयमा सुटिङ गरिएको गीतको भिडियोमा गायिका स्वीकृति शर्मासँगै गीता रिजाल, शारदा लुइँटेल ,गोपाल घिमिरे तथा स्कुले विद्यार्थीको अभिनय रहेको छ । कक्षा १० मा अध्ययनरत गायिका स्वीकृति संगीत शिक्षक प्रभुराज ढकालकी विद्यार्थी हुन् । गीतलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया