मुख्यमन्त्रीलाई विश्वासको मत दिन कर्णालीका सांसदलाई माओवादीको अपिल

सुर्खेत : कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले अपिल गरेको छ । माओवादी केन्द्र कर्णाली प्रदेशले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिन कर्णाली प्रदेशसभाका सबै सांसदहरूलाई अपिल गरेको छ ।
संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी छन् ।
‘प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यज्यूहरूमा हार्दिक अपिल गर्दछु,’ नेपालीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
वर्तमान अवस्थामा एमालेले चालेको कदमले कर्णालीको विकास र समृद्धिमा कुठाराघात भएको नेपालीको भनाइ छ । ‘केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा एमालेद्वारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।
कर्णाली प्रदेश सभाको सातौं अधिवेशन भोलि दिउँसो दुई बजे बोलाइएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेको लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता भएको छ । यही चैत ५ गतेदेखि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् ।
माओवादी सांसद रेग्मी पदच्यूत भएपछि हाल ३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया