एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर सहित रेनोको दसैंँ–तिहार लक्षित 'रेनो उत्सव' योजना

काठमाडौँ- रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले 'चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ' नारा सहित चाडपर्व लक्षित 'रेनो उत्सव' योजना सार्वजनिक गरेको छ ।
यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरूले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिङ्ग साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् । यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् ।
नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्धेश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरसँगै नेपाली उपभोक्ताहरूले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले जनाएको छ।
नेपाली ग्राहकहरुको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरु नेपाली बजारमा उपलब्ध छन् । यस योजनामा कम्पनीको नियम तथा शर्तहरु लागू हुनेछन् ।

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

प्रतिक्रिया