मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

नेपाली बजारमा भित्रियो नेक्स्ट–जेन फोर्ड रेन्जर

काठमाडौँ - जि.ओ.अटोमोबाइल्सले २०२२ संस्करणको २.० लिटर सिंगल टर्बो र बिआई टर्बोयुक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्र्याएको छ। फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरूमा सबैभन्दा रुचाइएको पिकअप ट्रकमध्ये एक रहेको कम्पनीको दाबी छ।

यसले जुन सुकै बाटोमा अन रोड होस् या अफ रोड एक आनन्ददायी सवार प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ।  अविश्वसनीय अफ–रोड क्षमता, टोइङ तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट इन्धन किफायती इन्जिनका कारण यो पिकअप हरेकको रोजाइमा पर्ने बताइएको छ।

यो गाडी ६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन्। हालको रेन्जरमा रहेको जस्तै ६–स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो। 

यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ। नेक्स्ट–जेन रेन्जरको १०–स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ। 
यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरू समावेश गरेका छन् जसले गर्दा टोइङ वाभारी सामान राखेर चलाउँदा पनि उत्कृष्ट ड्राइभिङको अनुमति दिने बताइएको छ।  कम्पनीका अनुसार यसमा रहेको इलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ–रोड ड्राइभमा गाडी हाँक्न थप सजिलो हुने तथा आत्मविश्वास प्रदान गर्छ।

यो गाडी अटो ट्रान्समिसन गियर सिफ्टको साथ उपलब्ध छ। जसमा पि, आर, एन, डी गियरहरू स्पोर्ट मोडको लागि बटनहरू छन् जहाँ चालकहरूले व्यक्तिगत गियरहरू रोज्न सक्छन्।  इलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ रोड ड्राइभमा थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्ने बताइएको छ। 

नेक्सट जेन फोर्ड रेन्जरमानर्मल इको, टोरहौल र स्लिपरी, मडररुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन्। यी मोडहरूले गियरशिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रणहरू एबिएस र थप सबै कुरामा समायोजन गर्छ।

यसले ७ किलोमिटर प्रति घण्टाको गतिमा ८०० एमएमसम्मको वाटर वेडिङको क्षमता प्रदान गर्दछ। यसमा भएको अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा यसको अत्यावश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न मद्दत गर्छ। 

यसका सेलेक्ट मोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्डहरू रहेका छन् जुन प्रेस र फोल्डेड लेजर–कट स्टिलबाट बनाइएको छ। 

नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको मूल्य एक्सएल मोडेलको एक करोड पाँच लाख ९० हजार रुपैयाँ र एक्सएलटीको एक करोड १९ लाख ९० हजार रुपैयाँ र वाइल्ड ट्रकको एक करोड ४५ लाख ९० हजार रुपैयाँ रहेको छ।

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप