सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

चोलेन्द्रको बयान आजै सकिने

फाइल तस्बिर

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो । आज सबै प्रश्न सोधेर सक्‍ने तयारी छ ।

प्रतिनिधि सभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले मंगलबार नै बयान लिने काम सक्ने समितिका सदस्य मीन विश्‍वकर्माले जानकारी दिए । 'आजै बयान सक्‍ने सकिने छ' विश्‍वकर्माले भने 'बयान सकेर प्रतिवेदन तयार गरेर छिट्टै सभामुखलाई बुझाउँछौँ ।'

त्यसपछि संसद्‌मा जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्णयार्थ पेस गरिने छ ।