फ्रेन्च न्यू वेभका प्रणेता निर्देशक जाँ लुक गोडार्डको निधन

फ्रान्सेली फिल्म निर्देशक जाँ लुक गोडार्डको ९१ वर्षको उमेरमा निधन भएको छ । फ्रान्सेली पत्रिकाले उनका नातेदारलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार मंगलबार उनको निधन भएको हो । फ्रेन्च न्यू वेभका प्रणेता मानिने विश्व प्रसिद्ध गोडार्डका ‘ब्रेथलेस ’ र ‘कन्टेम्प्ट’ जस्ता सिनेमा बनाएका छन् ।
फ्रान्समा ६० को दशकमा फिल्म समीक्षा गर्दागर्दै निर्देशनमा होमिएका गोडार्डलाई सिनेमामा जम्पकट, ह्यान्डहेल्ड क्यामरा वर्क र अस्तित्ववादी संवादका प्रणेता मानिन्छ ।
सन् १९३० मा फ्रान्को स्वीस परिवारमा जन्मिएका गोडार्डलाई मार्टिन स्करसी, क्वान्टिन टेरेन्टिना आदिले आफ्नो आदर्श मान्ने गरेका थिए । उनका फिल्म बनाउन ‘बन्दुक र केटी भए पुग्छ’ देखि सिनेमामा आदि मध्य र अन्त्य चाहिन्छ तर त्यो ठीक यही ठाउँमा हुनुपर्छ भन्ने नभएको आदि भनाइ चर्चित थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया