नेपालले मानवीय सहायता स्वरूप २२ टन राहत सामग्री पाकिस्तानलाई दियो

काठमाडौँ- नेपालले मानवीय सहायता स्वरूप २२ टन राहत सामग्री आज पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले ती सामग्री पाकिस्तानको कराँची गई सिन्ध प्रान्तका समाज कल्याणमन्त्री साजिद जोखियोलाई हस्तान्तरण गरेकी हुन् ।
पछिल्लो दिनमा बाढीले पाकिस्तानका ठूलो जनधनको क्षति गरेपछि नेपालले उक्त राहत सामग्री पठाएकाे हाे ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको मानवीय सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज २२ टन सामग्री पाकिस्तानलाई हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया