समीक्षा अधिकारीले भनिन् : पलले दिने क्षतिपूर्ति रकम लिने मनसाय छैन
'म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु'

काठमाडाैँ- गायिका समीक्षा अधिकारीले कारागारमा रहेका नायक पल शाहले दिने क्षतिपूर्ति रकम नलिने बताएकी छिन् ।
गायिका अधिकारीले सामाजिक सञ्जालमा फेसबुकमा आज एक पाेष्ट गर्दै साे कुरा बताएकी हुन् । उनले लेखेकी छिन्, 'मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन ।.. म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु ।'
गायिकाले पलकाे केससँग जाेडेर सामाजिक सञ्जालमा आफूलाई गाली गलौज गरेका कारण मानसपटलमा नकरात्मक प्रभाव परेकाे पनि बताएकी छिन् । साथै विगतमा भएकाे घटना आफ्नाे र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना भएकाे जिकिर गरेकी छिन् ।
'यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म विगत लामो समयदेखि एउटा दुःखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना हो । सामाजिक सञ्जालमा मेरोविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला,' उनले लेखेकी छिन् ।
नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाइएकाे छ । यस्तै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि भनेको छ ।
गत चैतमा नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप पलमाथि लागेको थियो । पीडित नाबालिगका बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएकाे थियो ।
गायिका अधिकारीले आफ्नाे फेसबुकमा लेख्छिन् :
मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार!
यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।
बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया