नवौं राष्ट्रिय खेलकुद : खेल सामग्री किन्न चन्दा संकलन

पोखरा- कास्की जिल्ला फेन्सिङ एसोसिएसनका अध्यक्ष बिजय शाहीले विभिन्न निकायमा आफ्ना खेलाडीका लागि खेल सामग्री अभाव रहेको जानकारी गराउँदै आएका थिए । आवश्यक रकम कै लागि युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्मा उनी धेरै पटक धाए । सामग्री किन्न रकम दिने आश्वासन पाए तर खेल हुने समय नजिकिँदै जाँदा पनि उनको हातमा सामान परेन ।
नवौं राष्ट्रिय खेलकुदका लागि उनी सम्बन्धित खेल फेन्सिङबाट २४ जना खेलाडी छनोट भएका छन् । जसमा १२ पुरुष र १२ महिला छन् । नवौंका छनोट भएपनि खेल सामग्री अभावका कारण उनीहरूले नियमित प्रशिक्षण गर्न पाएका छैनन् । बन्दोबस्त तरिकाले सामान किन्दा एउटा खेलाडीका लागि करिब एक लाख खर्च उनी बताउँछन् । त्यो पनि नेपालमा पाइदैन, छिमेकी मुलक भारत वा तेस्रो मुलुकबाट ल्याउनुपर्छ । त्यसै कारण पनि तयारीमा कमी हुने भन्दै अत्तालिएका थिए, अध्यक्ष शाही । पटकपटक आग्रह गर्दा पनि समयमा बजेट आउने छाँटकाँट नदेखेपछि आफै पैसा उठाउँन कस्सिएका हुन्, उनी ।
उनले सोमबार राती फेसबुकमा स्टाटस लेखेरै सहयोग गर्न अपिल गरेका छन् । फेसबुकमा कास्की जिल्ला फेन्सिङ एसोसिएसनको क्यू आर कोड राखेर सहयोगको अपिल गर्दै स्टाटस लेखेका हुन् । शाहीले केही दिन अघिसम्म पनि खेलकुद मन्त्रालय र खेलकुद परिषद्बाट रकम आउने आशा गरेका थिए । समयमै ताकेता गर्दा पनि बजेट विनियोजन गर्न ढिलाई हुने देखेपछि चन्दा संकलन गरेरै अघि बढ्ने निर्णयमा पुगेको उनले बताए ।
‘हामीसँग खेल सामग्री छैन भनेर धेरै अनुनय विनय गरेको थिए । फेन्सिङको सामग्री नेपालमा किन्न पाइदैन भनेको थिए,’ उनले भने, ‘हाम्रो खेल सामग्री र कपडा किन्दा प्रति खेलाडी ७० हजारदेखि एक लाखसम्म पर्छ तर मैले आधारभूत आवश्यकता मात्र राखेर मागेको थिए ।’ आफूले माग गरेको रकमभन्दा निकै कम ६० हजार छुट्याएको उनले बताए । त्यही रकम लिन पनि कोटेशन लगायतका काम गरिहेको उनको भनाई थियो ।
कोटेशन हालेर भारतबाट खरिद गर्दा नवौं खेल सकिएपछि सामान आउने देखेपछि आफैँ कस्सिएको उनले जानकारी दिए । ‘मैले कसैलाई दोष दिन र आरोप लगाउन होइन, मसँग उपाय भएन, मैले साथीभाइहरूसँग खेल सामग्री खरिद गर्न हात फैलाएको मात्र हुँ,' उनले भने, ‘सामान मगाउँदा ५ दिन समय लाग्छ । त्यहीमाथि ठाउँको अभावका कारण फेन्सिङ खेल उद्घाटनभन्दा अघि खेलाउने कुरा चलेको छ । दशैमा केही दिन प्रशिक्षण हुँदैन । यही कारण पनि प्रशिक्षणमा ढिलाई हुने देखेपछि यस्तो गरेको हुँ । यसबाट कसैलाई केही पर्न जान्छ भने त्यो संयोग मात्र हो ।’
गण्डकी प्रदेशमा पछिल्लो पुस्ताका अब्बल खेलाडी रहेको उनको दाबी छ । चार महिना अघि काठमाडौँमा भएको वीर गणेशमान राष्ट्रिय फेन्सिङ प्रतियोगितामा सहभागी खेलाडी मध्ये गण्डकीका ३ जना यूनिभर्सियाडका लागि छनोट भएको उनले जानकारी दिए । यही प्रतियोगिताका आधारमा आगामी वर्ष भारतमा हुने फेन्सिङ युथ वर्ल्ड कपमा छनोट गर्ने भएकाले पनि गण्डकी प्रदेशले सर्वोत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनको भनाई थियो । प्रदेशमा संभावना बोकेर फेन्सिङ खेलाडीहरूको प्रदर्शनमा निखारता ल्याउन आफू लागि परेको उनले सुनाए ।
यता, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले प्रक्रियामा जान आग्रह गर्दागर्दै सामाजिक सञ्जाल मार्फत सहयोग संकलनका लागि अपिल गर्दा गलत सन्देश गएको बताए । आफू काम विशेषले काठमाडौँमा रहेकाले पोखरा फर्केपछि थप जानकारी दिने उनले बताए । नवौं राष्ट्रिय खेलकुद राष्ट्रकै गौरवका विषय भएकाले रकम विनियोजनमा कुनै कञ्जुस्याई नगर्नेमा उनी विश्वस्त छन् । प्रदेश खेलकुद परिषद्सँग पनि अबको प्रशिक्षणका लागि रकम अभाव रहेकाले केन्द्रमा जानकारी गराईसकिएको उनले बताए । आफूहरूको मागमा प्रदेश सरकार र केन्द्र सरकारसँगै राष्ट्रिय खेलकुद परिषद् सकरात्मक रहेको उनले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीबाट फेन्सिङमा पुरुष तर्फ खुसिमान गुरुङ, सुजन गुरुङ, शुक्र राज सुनार, दिनेश बहादुर पाण्डे, बिजय अधिकारी, नवराज कार्की, सुनिल थापा, प्रशान्त गुरुङ, दिपेस गुरुङ, नबिन गुरुङ, पवन तामाङ र पुर्ण बहादुर नेपाली छनोट भएका छन् ।
त्यसैगरि महिला तर्फ दिपिसा गुरुङ, अस्मिता मगर, सुबिना मगर, मिरा पुन, प्रतिक्षा राना, कृपा गुरुङ, बिनिता पुन, सुनमाया मगर, धनमाया गुरुङ, अक्सा गुरुङ, शर्मीला मगर र निश्चल पुन मगर रहेका छन् ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया