एससिटीको दमदार दसैँ धमाका, थ्रीडी अफर र विभिन्न छुटको व्यवस्था

काठमाडौँ - नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
हालसम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकहरूले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन । साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरूले पनि यो अफर मार्फत १२ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन ।
मात्र १५ सय रुपैयाँ बराबरको पोस कारोबारमा ५ सय र ३ हजारको कारोबारमा १ हजार क्यास ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरूले ३३.३३ प्रतिशत सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो अफर असोज महिना भरि लागू हुने कम्पनीले जनाएको छ ।

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

प्रतिक्रिया