घर र डेराको चक्करमा ‘के घर के डेरा’ टिजर

काठमाडौँ - दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दया र विपिनको वरिपरि घुमेको टिजरले ‘डेरा र घर’ लिएर हुने ‘एरर’लाई कमेडी शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको छ । दुवै अभिनेतालाई सुरक्षा पन्त र वर्षा राउतले साथ दिएका छन् ।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र कात्तिक ४ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । यही मितिमा ‘छक्का पञ्जा’को नयाँ शृंखला पनि आउने भएपछि निर्माण टिमले प्रचारलाई तीव्रता दिएको छ ।
फिल्ममा रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, सरोज खनाल, भोला सापकोटा, कोशिस क्षेत्री आदि कलाकारको पनि अभिनय रहेको छ । फिल्मलाई महेश दवाडीले लेखेका हुन् भने फिल्मको कथा सिंगे लामाको हो । फिल्मको छायांकन दीर्घ गुरुङले गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया