अपर अरुण : ५३.१४ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता
आयोजनाबाट वार्षिक करिब ४ अर्ब ५१ करोड युनिट विद्युत उत्पादन हुने

काठमाडाै। २०६१ मेगावाट क्षमताको अपर अरुण जलविद्युत आयोजनामा विश्व बैंकको नेतृत्वमा ५३.१४ अर्ब रुपैया लगानी गर्ने समझदारी भएकाे छ। विदेशी वित्तीय ऋण लगानी जुटाउन विश्व बैंकको नेतृत्वमा पहल भईरहेको छ भने स्वदेशी लगानी तर्फ लगानी तथा विकास कम्पनी लिमिटेडको नेतृत्वको लगानी सम्झाैता गरिएकाे हाे ।
जलविद्युत आयोजना नेपाल विदयुत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीबाट प्रवर्धन तथा विकास भइरहेको छ । संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिंग रन अफ रिभर आयोजनाको हाल सम्मको अध्ययन अनुसार अरुण नदीमा १८३ मिटर लामो र करिब १०० मिटर उचाईको बाँध निर्माण गरी ८.५ कि.मी. लामो सुरुङ्गमार्फत पानी ल्याई जलविद्युत गृहमा खसालिने छ ।
आयोजनाबाट वार्षिक करिब ४ अर्ब ५१ करोड युनिट विद्युत उत्पादन हुनेछ । जसमध्ये करिब ३०% सुक्खायाममा उत्पादन हुनेछ । उत्पादित विद्युतलाई पावर हाउसदेखि करिब ६ कि.मी. ४०० के.भी. डबल सर्किटको प्रशारण लाइन निर्माण गरी हाइटार संखुवासभास्थित सवस्टेसनमा जोडिने योजना रहेको छ ।
हाल सम्मको अध्ययन अनुसार आयोजनाको कुल लागत २ खर्ब १४ अर्ब नेपाली रुपैया रहेको छ । सन् २०२४ को अन्त्यतिर शुरु भई सन् २०३० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाईन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भईरहेको आयफजनाले जनाएको छ ।
आयोजनाको पूर्व तयारी कार्यमध्ये आयोजनाको २१ कि.मि. लामो पहुँचमार्ग निर्माण कार्य लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरुको मूल्यांकन कार्य भईरहेको छ भने आयोजनाको लागि आवश्यक करिब २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा रहेको छ ।
आयोजनाबाट करिब २२ घरधुरी भौतिक रुपमा विस्थापित हुनेछन भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ । पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पूर्वार्धबाट शुरु गर्ने योजना रहेको छ ।
हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाको लागि ऋण लगानी जुटाउन समन्वय भईरहेको छ । आयोजनाको अध्ययनको लागि आर्थिक सहयोग गरिरहेको विश्व बैंकले आयोजना निर्माणको लागी ऋण लगानी गर्ने आशय व्यक्त गरेको छ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया