गाउँको सेवा सहरमा

पोखरा - कास्की सिक्लेसकी पदममाया गुरुङ पोखरा झरेको वर्षौं भयो । उनले बसाईसराई भने गरेकी छैनन् । पोखरा हस्पिटलचोक बस्ने उनी सानादेखि ठूला प्रशासनिक कामका लागि गाउँ नै उक्लिन्छिन् ।
पछिल्लो समय उनलाई नाता प्रमाणित गर्नुपर्ने थियो । छोरो अष्ट्रेलिया भएकाले उतै जानका लागि उनलाई जसै नाता प्रमाणित गर्नुपर्ने थियो । तर, बर्खाले बाटो बिगारेकाले उनलाई सिक्लेस उक्लिन समस्या थियो ।
कास्कीको मादी गाउँपालिका १ मा पर्ने गाउँ सिक्लेस पोखरादेखि ४२ किलोमिटर दुरीमा छ । गाडी मै जाँदा पनि करिब ४ घण्टा लाग्छ । पैसाकै हिसाब गर्ने हो भने एकतर्फी भाडा ७ सय छ । जाँदा आउँदा बाटोमा खाइने खाजा खाना जोड्दा २ हजार भन्दा बढी खर्च हुन्छ । हिंडेरै जाने हो भने भने पुरापुर एक दिन लाग्छ । यसैकारण पनि पदममाया जस्ता धेरै पोखरा बस्ने सिक्लेसीहरूले हैरानी खेपिरहेका छन् ।
बुधबार भने पोखरा १२ माटेपानी स्थित समाजघरमा पदममाया खुसी मुद्रा भेटिइन् । उनी हातमा नाता प्रमाणित प्रमाणपत्र बोकेर हाँस्दै थिइन् । उनी खुसी हुनु कारण थियो, मादी गाउँपालिका १ को वडा कार्यालयले समाजघरबाट सेवा दिईरहेको थियो । आधा सिक्लेसी जनताको सेवाका लागि वडाध्यक्ष देवीजंग गुरुङले पोखरामै घुम्ती सेवा सञ्चालन गरेका हुन् । पोखराबाटै सेवा पाएकोमा पदममाया गुरुङले जनप्रतिनिधि र कर्मचारीहरूलाई धन्यवाद दिए । आगामी दिनमा पनि यस्तो सुविधा दिनका लागि उनले आग्रह गरिन् । वडाले सुरु गरेको कामबाट आफ्नो समय र पैसा जोगिएको पदममायाले बताइन् ।
आफ्नो चुनावी नारामा समेटिएको घुम्ती सेवालाई पदभार ग्रहण गरेकै दिन निर्णय गरेर सुरु गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए । हरेक २ महिनाको अन्तरालमा घुम्ती सेवा दिने निर्णय भएको हो । सोही अनुसार पहिलो चरणमा असार ३० र ३१ गते सेवा सञ्चालन गरे । त्यो बेला सेवाग्राहीको चाप बढेपछि साउन १ र २ गते सेवा थप गरियो ।
दोस्रो चरण अन्तर्गत भदौ २६, २७ र २८ गते तीन दिनलाई समय निर्धारण गरिएपनि एक दिन लम्बियो । सिक्लेस भौगोलिक हिसाबले मादी गाउँपालिकाकै ठूलो अनि विकट गाउँ भएकाले पनि आफूहरूले घुम्ती सेवासुरु गरेको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । यस कार्यक्रमबाट एक दिनमा ३० देखि ४० जनाले सेवा लिएको उनले बताए ।
सिक्लेस जस्तै ताङतिङ गाउँ पनि विकट अनि भौगोलिक रुपमा टाढा छ । पोखरादेखि २० किलोमिटर टाढा रहेको ताङतिङका पनि आधा जति जनता पोखरा बस्छन् । विभिन्न कारणले शहर बसेकाहरू वडाको काम परे २ घण्टाको यात्रा ३ सय भाडा तिरेर गाउँ उक्लनुपर्ने बाध्यतामा छन् । मादी गाउँपालिका २ ले पनि पोखरा बस्ने जनताको सुविधाका लागि पोखरा १२ मा घुम्ती सेवा कार्यक्रम गरेको छ ।
वडा नम्बर २ को घुम्ती कार्यक्रम मंगलबारदेखि सुरु भएर बिहीबार सकिएको छ । ताङतिङले हरेक महिना २ देखि ३ दिन पोखरामा घुम्ती सेवा दिने निर्णय गरेको छ । पोखराको घुम्ती कार्यालयबाट दैनिक ५० जना सेवाग्राहीलाई सेवा लिइरहेको वडा सचिव बसन्त थापा मगरले जानकारी दिए । जहाँबाट सेवा दिएपनि प्रशासनीक काममा कुनै भिन्नता नरहेपनि पोखरा आएर सेवा दिंदा सेवाग्राही निकै खुसी हुँदा हामीलाई काम गर्ने जोश बढेर आउने उनले बताए । वडा कार्यालयबाट दिईने सम्पूर्ण सेवा पोखराको घुम्ती सेवामा दिने गरिएको उनको भनाइ थियो । जसले गर्दा सेवाग्राहीले गाउँमै सेवा लिएको प्रतिक्रिया दिने गरेको वडासचिव मगरले बताए ।
पोखरामा हुने घुम्ती सेवा कार्यक्रममा सेवा लिएर मख्ख सिक्लेस र ताङतिङका पोखरा बस्ने नागरिकहरू आगामी दिनमा अझै प्रभावकारी रुपमा यो सेवा दिनुपर्ने बताउँछन् ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया