नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।
ट्रफीलाई नेपाली खेलकुदका चर्चित र सफल खेलाडीबाट नेपालभर प्रर्दशनीमा राख्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदको बिकासमा सरकार प्रतिबद्ध रहेको भन्दै खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकार सकारात्मक रहेको बताए । उनले सरकारले कसैलाई पनि पक्षपात नगरी खेलको विकासमा लागि धारणा राखे ।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाईएको हो ।
ट्रफीलाई यसपटक रचनात्मक ढंगले फरक बनाइएको र ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याइने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ ।
प्रधानमन्त्री देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको बताए । प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरूको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको बताए ।

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

प्रतिक्रिया