प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते रातिपछि सकिने

काठमाडौँ - निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ ।आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको जनाएका छन् ।

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

प्रतिक्रिया