दुई पटक विघटनको सिकार भएको प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल मध्ये रातिबाट सकिँदै

काठमाडौँ - प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल आज सकिँदै छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवार मनोनयन दर्ताको अघिल्लो दिन आज मध्यरातिदेखि प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल समाप्त हुन लागेको हो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २ र ३ गते मा बुझाउने कार्यतालिका छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुअघि नै प्रतिनिधि सभाको आयु सकिने प्रावधान छ।
प्रतिनिधि सभाको अन्तिम बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन् । यस्तै, सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालय स्रोतका अनुसार आजको बैठकमा बोल्न प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मले नाम टिपाएका छन् । उनीहरूले अन्तिम बैठकमा समीक्षात्मक बिदाइ सम्बोधन गर्नेछन् ।
यसअघि औपचारिक बिदाइविनै संसद् अधिवेशन सकिने गरेका थिए । तर यसपटक भने अन्तिम बैठकमा प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।
चालु प्रतिनिधिसभा नेपालको संसदीय इतिहासमै पहिलो दुई पटक विघटनको सिकार बनेको बनेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक विघटन गरे । पहिलोपटक २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते पुनः ओलीले प्रतिनिधिसभा विघटन गरे । दुवै पटकको विघटन सर्वोच्च अदालतले बदर गरिदियो ।

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

प्रतिक्रिया