करदाता शिक्षा बढाउन सडक नाटक

काठमाडौँ : कोभिड १९काे महामारीले आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भयो । देशको राजस्व संकलन पनि प्रभावित बन्यो । नागरिकहरूमा करदाता शिक्षा बढाउन काठमाडौँ महानगरपालिकाले भने सडक नाटक थालेको छ ।
शुक्रबार हनुमानढोका कालभैरव पछाडिको डबलीमा नाटक ‘आनासुकी घरवेटी बा’ मञ्चन गरिएको हो । त्यसपछि कालिमाटी, कलंकी, चाबहिल, गौशाला, नयाँबानेश्वरलगायतका विभिन्न १० स्थानमा शुक्रबार नाटक मञ्चन गरिएको हो ।
नाटक करीब २० मिनेटको छ । घरधनीलाई बहाल नतिरी भाग्ने भाडावाललाई खोजेर भाडा असुल्न हिँडेको घरधनी आफूले महानगरलाई कर नतिरेका कारण आफैँ कानुनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको छ । कर केही समय छल्न सकिन्छ । तर, कुनै न कुनै दिन कानुनको फन्दामा परिन्छ । कानुनी कारबाहीमा पर्ने त्यो समय आउनु अघि थोरै थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिने नाटकले देखाउन खोजेको सन्देश हो ।
कृष्णजीत राईले लेखेको नाटकको रीता थापाले निर्देशन गरेका हुन् । त्यस्तै नाटकमा सुरज विष्टले लोभी घरबेटी बाको अभिनय गरेका थिए भने जीवन थापाले असल छिमेकी, मञ्जु गिरीले वडा कार्यालयको कर्मचारी, कञ्चन सापकोटाले भाडावालको भूमिका निभाएका थिए ।
राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार करदातालाई कर तिर्न बाध्य भएको महसुस नगराई यो नागरिक दायित्व हो भनेर सचेत गराउन यो सडक नाटक प्रदर्शन गरिउको हो । उनले भने, ‘कोभिड १९ का कारण चालु आर्थिक वर्षमा राजस्व संकलनको प्रक्षेपण नै कम गरिएको छ । महामारीका समयमा दबाब दिएरभन्दा दायित्व बोध गराएर राजस्व असुली गर्ने योजनाअनुरुप सडक नाटक प्रदर्शन थालिएको हो ।’ विभागले व्यवसाय कर अनुगमन कार्यलाई नियमित गरिरहेको छ । यस क्रममा कर तिर्नेलाई धन्यवाद पत्र र नतिर्नेलाई विभागमा हाजिर हुने पत्र दिने गरिएको छ ।
महानगरले यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको जानकारी छ । होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौँ । अधिकारीले भने, ‘हामीले चैत मसान्तसम्मका लागि सम्पत्ति करमा १० प्रतिशत छुट दिएका थियौँ । होटलहरुलाई असारसम्म नै सम्पत्ति करमा ७५ प्रतिशत छुट दिएका छौँ ।’ भाडावाललाई कोविडका समयमा १ महिनाको बहाल छुट दिने घरधनीलाई महानगरले बहाल करमा छुट दिएको छ । सुर्पेटो मिडियासँगको सहकार्यमा नाटक मञ्चन गरिएको हो ।

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण
नरेन्द्र प्यासीको आवाजमा रुमानीको धिम धिम मुटु सार्वजनिक

कर्णालीमा सिस्नुपानीले भ्रष्टाचारविरूद्ध सचेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम गर्ने

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

तेलुगुका ३०० फिल्म हल रिलिज र ओटिटीमा जान अझै सकेनन

हलिउड फिल्म ‘टासी’को छायांकन टोली मुस्ताङमा

प्रतिक्रिया