जबरा सर्वोच्च फर्केर आउने कुरा हुँदैन, अदालतमाथि मजाक भइराखेको छ : गोपालकृष्ण घिमिरे

काठमाडौँ - नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए ।
उनले संसद्को कार्यकाल सकिएको नभइ सांसदहरूको मात्रै कार्यकाल सकिएको उनको भनाइ । प्रधानन्यायाधीशको महाभियोगको सम्बन्धमा आगामी संसद्ले प्रष्ट पार्ने उनले बताए । ‘अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ,' उनले भने, 'सांसदहरूको कार्यकाल सकिएको हो, संसद् सकिएको होइन । संसद् अविछिन्न उत्तराधिकारवाला संस्था हो । प्रतिवेदन बनाएर फुल हाउस समक्ष पेस गरेको छ । अब आगामी संसद्ले त्यसलाई प्रष्ट गर्नेछ ।’
उनले बारले हालसम्म कुनै विरोधको कार्यक्रम तय नगरेको स्पष्ट पारे। प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने विरोधको कार्यक्रम हुने उनको भनाइ छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया