निर्माता संघ भन्छ - संघ विदेशी भाषाको सिनेमालाई स्वदेशी सरह दिइने सेवा–सुविधाको विपक्षमा छ

काठमाडौँ - निर्माताहरुको पेशागत संस्था निर्माता संघले आफूहरू विदेशी भाषाका सिनेमालाई स्वदेशी सरह सेवा सुविधा दिने पक्षमा नरहेको बताएका छन् । संघले आइतबार विज्ञप्ति जारी गर्दै विदेशी भाषामा डब भएका नेपाली फिल्मलाई पनि नेपाली सरह नै सुविधा दिने हो भने यसले विकृतिको सुरुवात गर्ने र नेपाली फिल्म उद्योगलाई असर गर्ने भन्दै आफूहरू यसको विरोधमा रहेको जनाएको छ ।
निर्माता संघका महासचिव सुनिलकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ , ‘ नेपाल चलचित्र निर्माता संघ नेपालमा प्रदर्शन गरिने कुनै पनि भाषाका चलचित्रप्रति नकारात्मक नरहेको आम दर्शकहरुमा स्पष्ट पार्न चाहन्छ । हाम्रो ध्यान भनेको सदैब नेपाली सिनेमाको वृहत्तर हितको लागि मात्र रहिआएको छ र हामीले स्वदेशी सिनेमाको अस्तित्व रक्षार्थ विगतदेखि नै विदेशी सिनेमाको अतिक्रमणका विरूद्धमा लड्दै आइरहेका छौं र हाम्रो लडाइँ विशुद्ध विदेशी सिनेमाको अतिक्रमण विरूद्ध हो । सिनेमा भनेको व्यापारको साधन मात्र हैन यो भाषा, कला, साहित्य र संस्कृतिको द्योतक पनि हो । त्यसैले राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केबल नेपाली भाषाका सिनेमाहरुलाई हुनु पर्दछ भन्ने हाम्रो मान्यता रहँदै आएको छ ।'
अभिनेता प्रदीप खड्काले शनिबार निर्माता संघले आफूहरूलाई देशद्रोही करार गरेको भन्दै निर्माता संघ अर्को बनाउने चेतावनी दिएका थिए । संघका अध्यक्ष नवल खड्काले चलचित्र विकास बोर्डसँगको छलफलमा नेपाली फिल्मलाई हिन्दीमा डब गरेर नेपाली सरह सुविधा खोज्ने काम उद्योगको हितमा नरहेको र यस्तो कदम देशद्रोही हुने धारणा राखेका थिए । ‘प्रेमगीत ३’का निर्माता तथा अभिनेताले यही कुरालाई बढाइचढाइ गरी आफूलाई देशद्रोही भनिएको भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।
यति हुँदा हुँदै पनि संघले ‘प्रेमगीत ३’लाई कर तथा राजस्व छुटमा सहुलियत प्रदान गर्ने निर्माण पक्षको मागदाबी सम्बन्धमा चलचित्र क्षेत्रको एकमात्र नियमनकारी निकाय चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावली मुताबिक विधी र विधान अनुरूप गरिनु पर्दछ भन्ने यस संस्थाको धारणा रहेको बताएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया