निर्वाचन नजिकिएसँगै थापालाई छिमेकी भेट्न भ्याई नभ्याई

काठमाडाैँ- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगकाे भेटलाई बाक्लाे बनाएका छन् । यही क्रममा उनले आइतबार हेटौंडास्थित छिमेकीहरूसँग बसेर चियासहितकाे छलफल गरेका छन् ।
साे क्रममा उनले हेटौंडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन आग्रह गरेका थिए । उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए ।
राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल समेत उनले दिएका थिए । राप्रपाबाट बाहिरिनु रहर नभई बाध्यता भएको उनको तर्क थियो । उनले महाधिवेशनमा भएको घेराबन्दी, धोका, बेइमानी बारे निकै लामो चर्चा गरे । तर, यसबाट विचलित नभई नयाँ ऊर्जा र योजनाका साथ क्रियाशिल भएको दाबी गरे ।
मकवानपुरको विकास निर्माणमा आफ्नो योगदान रहेको उनले चर्चा गरे । उनले अधुरो विकास निर्माणलाई मूर्त रूप दिन चुनावी मैदानमा खडा हुन चाहेको पिन स्पष्ट पारे ।
यसकारण सबैको साथ समर्थन खोजेको बताए । पार्टी, वाद, विचारभन्दा माथि उठेर राम्रो उम्मेदवार चयन गर्नुपर्नेमा थापाको जोड थियो । थापाको यो अभियान सबै वडाहरूमा निरन्तर जारी रहने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरूप्रसाद सापकोटाले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया